अबको ३ वर्ष भित्र उर्जामा के के हुन्छ ? | Barsaman Pun | Forum For Public Voice | SE 4 | EP 5 | MTV


नेपालमा बिजुली बल्न थालेको १०९ वर्ष नाघेको छ। तर, के कारणले विश्वमा जलस्रोतको दोस्रो ठूलो देशले सुनको कचौरा बोकेर भिख माग्नु परिरहेको छ त? नेपाली नेता र कर्मचारीतन्त्रमा अझै चेत आएको छैन । देशको आर्थिक विकासकालागि ऊर्जा एउटा जीवनदायी रक्त भएपनि अझै देशका कुना कप्चामा टुकिको उज्यालोमा भविश्य खोज्ने नेपालीको संख्या निकै छ । हाल देशभित्र बनिरहेका बिजुलीका आयोजनासमेत बेलैमा सम्पन्न हुन नसक्दा आयातित बिजुलीको महंगो शुल्क तिर्नुपर्ने बाध्यता कायमै छ। अहिले विद्युतको माग अनुसार आन्तरिक बिजुली उत्पादनले थेग्न नसकेपछि भारतबाट आयात भइरहेको बिजुलीमा भरपर्नुपर्ने बाध्यता हामी सामु छ । अर्बौ रुपैयाँको लगानीका योजनामासमेत झन्झटिलो अनि सुस्त प्रशासनिक र कानुनी प्रक्रिया , अति निर्भरता र ढिलासुस्ती जस्ता कारणले मात्र होइन समाजिक र राजनीतिक चुनौतीले समेत हामीले दुःख पाईरहेका छौ । त्यस्तै, भार व्यवस्थापन, स्टोरेज प्लान्टको आवस्यकता, जनशक्ति र क्षमता , माग र आपूर्तिको सही आकलन अभाव, बिजुली चोरी, प्रसारण लाइनको अभाव, विदेशी लगानीकर्ताको अनेक चाहना तथा आर्थिक चूनौती लगायतका कारणले समेत देशले विघुतिय विकासमा सोचे अनुरुप सफलता पाउँन नसकेको विज्ञहरुको भनाई रहने गरेको छ ।

X